‘सिभिल इन्जिनियरिङ’ अध्ययन गरेर सैलुन व्यवसाय सुरु
ratopati.com · Fri Sep 18 23:39:48 GMT 2026

झापा । जापान जाने अवसर हातमा थियो । सिभिल इन्जिनियरिङको अध्ययन र निर्माण क्षेत्रमा काम गरेको अनुभव पनि थियो । तर अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय प्रतीक भट्टराईले विदेशको बाटो रोजेनन् । आफूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्दै उनले शनिश्चरे बजारमा प्रशिक्षण केन्द्रसहितको सैलुन सञ्चालनमा ल्याएका छन् ।
स्थानीयस्तर मै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले उनले अर्जुनधारा–८ स्थित एक कम्प्लेक्समा ‘जाइरो सैलुन एण्ड एकाडेमी’ सञ्चालनमा ल्याएका हुन् । उक्त सैलुनको शुक्रबार वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले शुभारम्भ गरेका थिए । “सिभिल इन्जिनियरिङ पढेको थिएँ, निर्माण क्षेत्रमा पनि केही समय काम गरेँ । हालसालै जापान जाने अवसरसमेत आएको थियो,” उनले भने, “तर विदेश जानुभन्दा आफूले सिकेको सीपलाई यहीँ व्यवसायका रूपमा अघि बढाउने सोच बनाएँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)