गर्मी छल्न फेवातालमा हेलिँदै पर्यटक (तस्बिरहरू)
ratopati.com · Wed Jun 03 04:56:36 GMT 2026

पोखरा । पछिल्लो समय बढ्दो गर्मीका बिच पर्यटकहरू शीतलता र मनोरञ्जनको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन्। विशेषगरी आन्तरिक तथा विदेशी पर्यटकहरू गर्मी छल्न फेवातालमा विभिन्न जलक्रीडामा सहभागी भइरहेका छन्।
फेवातालमा पछिल्ला वर्षहरूमा ‘स्ट्याण्ड अप प्याडल बोर्डिङ’ (एसयूपी) युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। तालको शान्त पानीमाथि विशेष बोर्डमा उभिएर प्याडल चलाउने यो साहसिक तथा मनोरञ्जनात्मक गतिविधिप्रति युवाहरूको आकर्षण बढ्दो छ। शारीरिक सन्तुलन, व्यायाम र मनोरञ्जन एकैसाथ प्राप्त हुने भएकाले एसयूपी धेरैको रोजाइमा पर्न थालेको व्यवसायीहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)