कोहलपुरमा घरबाट लागुऔषध कारोबार, ४ जना पक्राउ
gorkhapatraonline.com · Wed Jun 03 04:59:03 GMT 2026

लागुऔषधविरुद्ध बाँकेमा प्रहरीले सक्रियता बढाएपछि कारोबारीहरुले घरभित्रै लागुऔषधको कारोबार र बिक्रि वितरण गर्ने गरेको पाइएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ स्थित एक घरबाट ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राठौंरका अनुसार कोहलपुर नगरपालिका–२ का द्वारिका प्रसाद थारुको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त घरमा छापा मारेको थियो। घरमा खानतलासी तथा चेकजाँच गर्ने क्रममा ७ ग्राम ५६० मिलिग्राम लागुऔषध (ब्राउन सुगरजस्तो पदार्थ) बरामद गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी