मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेरक प्रसंग : सपनाको पूर्णता

nayapatrikadaily.com · Sun Nov 12 00:27:00 GMT 2023

एक बालक स्कुलबाट फर्किएपछि हरेक दिन आफ्ना पिताले काम गर्ने स्थानमा जाने गर्थे । उनका पिता एक धनाढ्यको तबेलामा काम गर्थे । उनी निकै इमानदार र परिश्रमी थिए । बालकलाई लाग्ने गथ्र्यो– बाबाले यति धेरै परिश्रम गरे पनि उहाँले कहिल्यै सम्मान पाउनुहुन्न । तर, यस तबेलाका मालिक दिनभरि केही काम गर्दैनन्, तैपनि उनको कति ठूलो सम्मान छ समाजमा !

एक दिन बालकका शिक्षकले कक्षाका सबै छात्रछात्रालाई ‘मेरो सपना’ शीर्षकमा एउटा निबन्ध लेखेर ल्याउन गृहकार्य दिए । ती बालकले पनि रातभरि खुब मिहिनेत गरेर सोचविचार गरी, एउटा निबन्ध तयार गरे । त्यसमा उनले आफू ठूलो भएपछि निकै ठूलो तबेलाको मालिक बन्ने, त्यहाँ धेरै घोडा पालिने र तालिम दिइने उल्लेख गरे । साथै, उनले दुई सय एकडमा फैलिएको आफ्नो तबेलाको चित्र पनि बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)