मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेश सरकारमाथि एक महिनामै ८१ प्रतिशत बजेट खर्चको दबाब

shilapatra.com · Sat Jun 06 12:38:00 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ सकिन झन्डै एक महिना मात्रै बाँकी रहँदा मधेश प्रदेश सरकारमाथि बाँकी रहेको ८१ प्रतिशत बजेट खर्च गर्ने ठूलो दबाब देखिएको छ । हालसम्म प्रदेश सरकारले कुल विनियोजित बजेटको १९.४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँमध्ये जेठ २१ गतेसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ मात्रै खर्च भएको छ । यसको अर्थ आर्थिक वर्ष समाप्त हुनुअघि अझै करिब ३७ अर्ब ८६ करोड रुपैयाँ खर्च हुन बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय