मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शारीरिक अपाङ्गलाई घरमै पुगेर नागरिकता प्रदान

gorkhapatraonline.com · Wed Jun 03 05:08:19 GMT 2026

चापाकोट नगरपालिका–८ का एक अपाङ्गलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाको टोलीले घरमै पुगेर अंगीकृत नेपाली नागरिकता प्रदान गरेको छ। शारीरिक रूपमा अपाङ्ग रहेका चापाकोट–८ निवासी तारा कँडेलका १८ वर्षीय छोरा घनश्याम कँडेललाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको हो।

घनश्यामका पिता भारतीय नागरिक र आमा नेपाली नागरिक रहेको तथा उनी नेपालमै जन्मिएका, निरन्तर नेपालमै बसोबास गर्दै आएका र बाबुको मुलुकबाट कुनै पनि प्रकारको नागरिकता प्राप्त नगरेका कारण प्रचलित कानुनी व्यवस्था अनुसार उनलाई अंगीकृत नेपाली नागरिकता प्रदान गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)