ट्रेड युनियन खारेजीविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुँदै
corporatenepal.com · Wed Jun 03 05:06:07 GMT 2026
काठमाडौं । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी तथा अन्य सरकारी निकायका ट्रेड युनियन र पेशागत संगठनहरू खारेज गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालसहितले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको संवैधानिक इजलासमा पेसी तोकिएको हो। इजलासमा न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अव्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल सदस्य रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ