नेपाल प्रवेशको अनुमति पर्खिदै स्टारलिंक
nepalviews.com · Wed Jun 03 05:10:41 GMT 2026

काठमाडौं । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा सञ्चालनका लागि सरकारी अनुमति कुरिरहेको जनाएको छ । कम्पनीकी निर्देशक रेबिका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना सँग भेटवार्ता गर्दै नेपालमा सेवा विस्तार गर्न कम्पनी इच्छुक रहेको तर नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति प्राप्त हुन नसकेको बताएकी छिन् ।
मन्त्रालयमा भएको भेटका क्रममा हन्टरले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक लाइसेन्स प्राप्त गर्न कम्पनीले पहल गरिरहेको जानकारी दिइन् । उनले लाइसेन्स संरचनामा शतप्रतिशत स्टारलिंककै स्वामित्व कायम हुनुपर्ने कम्पनीको धारणा रहेको बताउँदै व्यावसायिक सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको जानकारी गराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
नेपाल दूरसञ्चार प्राधिकरण