गृहसचिवले अनावरण गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए
rajdhanidaily.com · Tue Aug 20 23:21:01 UTC 2024
स्याङ्जा । इलाका प्रशासन कार्यालय वालिङको भवन गृहसचिवले उदघाटन गरेपछि विवादित बनेको छ । गृहसचिव एकनारायण अर्यालले भदौ २ गते सुटुक्क स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासनको भित्तामा टागिएको ताम्रपत्र अनावरण गरेका थिए ।
वालिङ नगरपालिका–९ मा निर्माण गरिएको भवन उद्घाटन लगत्तै स्थानीय जग्गादाताहरु विरोधमा उत्रिएका छन् । भवन उद्घाटनका अवसरमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै जग्गा दाताहरुले ज्ञापनपत्र बुझाउनुका साथै गृहसचिवले अनावरण गरेको ताम्रपत्र सेतो कपडाले छोपिदिएर बिरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)