सुन्दरहरैँचामा सडक छेउमा फेला पारिएको सिलिन्डर बम डिस्पोज
baahrakhari.com · Thu Jan 09 18:07:02 GMT 2025

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिकास्थित मालती पुलनजिक राखिएको सिलिन्डर बम नेपाली सेनाद्वारा डिस्पोज (निष्क्रिय) गरिएको छ । पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बम राखिएको सूचना पाएपछि नेपाली सेनाले आज बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो ।
पुलनजिकै माटोमुनि बम रहेको जानकारी प्राप्त भएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए । उनले खोजतलास गर्दा पुलनजिक सुरुङ खनेर राखिएको अवस्थामा सिलिन्डर बम फेलापरेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)