३ वर्षमा पुलको पिलरमात्रै, साँघुको धरापमा जीवन
ekantipur.com · Tue Aug 20 23:24:02 UTC 2024

सुर्खेत — सोमबार जनै पूर्णिमाका दिन, मुगुको छायानाथ रारा नगरपालिका–१, अल्कासाँघुस्थित गमगाड खोलामा साँघुबाट महिला र बच्चा खसे, केही क्षणपछि एक पुरुष र महिला खसे, फेरि दुईजना खसे । यी फरक फरक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि दुनियाँको ध्यान तानिएको छ तर सर्वसाधारणको यो सास्तीमा सरकारको आँखा पुगेको छैन ।
मुगुम कार्मारोङ गाउँपालिकास्थित छायानाथधाम यो क्षेत्रको मुख्य तीर्थस्थल मानिन्छ । त्यहाँ आसपासका जिल्लाबाट समेत दर्शनार्थीको घुइँचो हुन्छ । सोमबार मेलाबाट फर्किंदै गरेका ६ तीर्थयात्री साँघुबाट खसे । धन्न, भीडभाड भएकाले उनीहरूको उद्धार भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)