मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साउनमा मात्र ४ अर्ब २३ करोड बढी पुँजीगत लाभकर उठ्या

rajdhanidaily.com · Tue Aug 20 23:24:26 UTC 2024

काठमाडौं अहिले सेयर बजार उचालिएसँगै मुलुकको राजस्व संकलन पनि अघिल्लो वर्षको तुलनामा निकै बढेको छ । पछिल्लो समय सेयर कारोबार बढेपछि पुँजी बजारबाट राज्यले प्राप्त गर्ने राजस्वमा पनि उच्च वृद्धि भएको हो ।

संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको नयाँ सत्ता समीकरणपछि सेयर बजारमा क्रमशः छाएको हरियालीले मुलुकलाई प्राप्त हुने राजस्व संकलन ह्वात्तै बढेको देखिएको छ । चालू आव २०८१÷८२ को पहिलो महिना साउनमा मात्र धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर उठाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)