हुम्लामा विकास खर्च २४ प्रतिशत मात्र
gorkhapatraonline.com · Wed Jun 03 05:25:37 GMT 2026

कर्णाली प्रदेश सरकारअन्तर्गत जिल्लामा रहेका विकासे कार्यालयहरूले चालु आर्थिक वर्षका १० महिनामा २४ प्रतिशत मात्र पूँजीगत खर्च गरेका छन्। जिल्लामा हरेक वर्ष असार मसान्तमा मात्र विकासे बजेट खर्च हुने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको देखिएको छ।
प्रदेश सरकारले १८ वटा कार्यालयमार्फत जिल्लाका लागि पठाएको एक अर्ब ६४ करोड १३ लाख २२ हजार रुपियाँ पूँजीगत बजेटमध्ये २४ प्रतिशत मात्र खर्च भएको प्रदेश लेखा इकाइका प्रमुख रामदत्त पाण्डेले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)