गर्मीसँगै नेपालगन्जमा माटोका भाँडाको माग बढ्यो
gorkhapatraonline.com · Wed Jun 03 05:20:42 GMT 2026

नेपालगन्ज र आसपासका क्षेत्रमा गर्मी बढ्दै जाँदा माटोका भाँडाहरूको माग पनि बढ्दै गएको छ। पछिल्लो समय गर्मीमा माटोको गाग्री, सुराही र घैंटोमा पानी राखेर पिउने चलन बढेपछि यस्ता भाँडाहरूको माग बढेको हो।
फ्रिजको अत्यधिक चिसो पानीभन्दा माटोको भाँडोमा राखिएको पानी स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण धेरै मानिसहरू प्राकृतिक रूपमा पानी चिस्याउने परम्परागत भाँडोतर्फ आकर्षित भएका छन्। यसले गर्दा माटोको घैंटो र गाग्रीको माग अत्यधिक बढेको नेपालगन्जको त्रिभुवन चोकमा माटोका भाँडा बिक्री गर्दै आउनुभएका सुशिल कुम्हालले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)