सभामुखको अनुहार निन्याउरो हुँदै गयो, प्रधानमन्त्रीले जवाफ दिनुपर्छः आशिका तामाङ
clickmandu.com · Wed Jun 03 05:22:06 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद् लगातार अवरुद्ध भइरहँदा सभामुख डोलप्रसाद अर्यालको अनुहार निन्याउरो बन्दै गएको बताएकी छिन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तामाङले विपक्षी दल सधैँ गलत नहुने भन्दै सदनमा आएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले जवाफ दिनुपर्ने बताइन् ।
‘सभामुखको मुख सानो सानो, न्याउरो (निन्याउरो) हुँदै गएको देख्छु यो राम्रो हो त ? मलाई मात्र होइन धेरै लाई लाग्छ उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन’, उनले लेखेकी छिन्, ‘त्यसैले म प्रधानमन्त्रीज्यूसँग के अपिल गर्छु भने तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंको सन्तान हौं , अब तपाईंले नै हामीलाई वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौं । त्यसैले कृपया सदनमा आइदिनुभै प्रतिपक्ष दलका सवाल–जवाफ दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला ।’
उनले राष्ट्रियताजस्ता विषयमा सत्ता र विपक्षबीच विभाजन गर्न नहुने बताउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिन आग्रह गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
बालेन शाह