मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज कति छ सुनको मूल्य ?

clickmandu.com · Wed Jun 03 05:25:02 GMT 2026

काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज एक तोला चाँदी पाँच हजार ३७० रुपैयाँ मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय