एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न
barnanmedia.com · Fri Feb 28 23:53:12 GMT 2025
काठमाडौँ, १७ फागुनः रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीबार राति पाँचवटै फ्लड लाइटको परीक्षण भएको हो । स्टेडियममा प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिनुभयो । अब प्राविधिक पक्षहरू सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताउनु भयो ।
निजी क्षेत्रले सुरु गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको उहाँले बताउनुभयो । विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको उहाँको भनाइ थियो । उहाँले खेलकुद जगत्ले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको बताउनुभयो । बनाउन सुरु गरेको डेढ वर्षमा कामहरू आफूले आँट गरेअनुसार सम्पन्न गरेको उहाँले बताउनुभयो । आइसिसी मापदण्ड अनुसार आवश्यक काम पूरा गरेको उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)