अमेरिका नेपाल मेडिकल फाउन्डेसनमा डा. नारायण न्यौपाने अध्यक्षतामा नयाँ कार्यसमिति चयन
swasthyakhabar.com · Wed Jun 03 05:32:07 GMT 2026

काठमाडौं– अमेरिका नेपाल मेडिकल फाउन्डेसनको ३०औं वार्षिक साधारण सभा अमेरिकाको सिकागो, इलिनोयमा सम्पन्न भएको छ। मे २९ देखि ३१, २०२६ सम्म आयोजित साधारण सभाले डा. नारायण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
तीन दशकदेखि नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा सक्रिय संस्थाको वार्षिक भेलामा अमेरिका तथा नेपालका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, विद्यार्थी र नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)