शोषणमा परेको भन्दै माइतीघरमा चिकित्सकहरुको प्रदर्शन
annapurnapost.com · Sat Jul 18 10:41:01 GMT 2026

काठमाडौं : बिभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति बनाएर उनीहरुले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)