ट्राफिक प्रहरी छेउमै टिपरकाे ठक्करबाट स्कुटी चालकको मृत्यु
nepalpress.com · Sat Jul 18 10:46:47 GMT 2026

रुपन्देही ।बुटवलको राजमार्ग चौराहामा ट्राफिक प्रहरीको छेउमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज टिप्परले ठक्कर दिएर स्कुटी चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–५, बैंकरोड, भैरहवाका ६० वर्षीय तारचन सुनार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ अघि बढिरहेको स्कुटीलाई ठक्कर दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)