प्रशिक्षार्थी चिकित्सकले गरे विरोध प्रदर्शन
baahrakhari.com · Sat Jul 18 10:51:20 GMT 2026

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकले विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रमशोषण भएको भन्दै उनीहरूले शनिबार (साउन २) काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रमशोषणविरुद्धको संघर्ष समिति बनाएर उनीहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)को डिउटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा सातामा एक दिन अनिवार्य बिदाको व्यवस्था गरिनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)