मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि सहकारी ठगीमा निर्दाेष सावित भएका होइनन्, रास्वपाको हर्ष बढाइँ किन?

barnanmedia.com · Thu Jan 09 21:43:07 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि प्रहरी हिरासतबाट छुटेका छन्। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचनमा २ कात्तिकमा पक्राउ परेका रवि पछिल्लो पटक ७ पुसमा अदालतमा मुद्दा दायर भएपछि मुद्दा धाइरहेका थिए।

तर, यो मुद्दामा पक्राउ परेका रविसहित सात जनालाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले बिहीबार आदेश दियो। लगत्तै उनी ६५ लाख धरौटी बुझाएर छुटेका छन्। रवि मात्र होइन, नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी ८८ लाख र नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक एवं सेयरधनी रामबहादुर खनाल १५ लाख, एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसांसद एवं सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ पाँच–पाँच लाख तथा मीनाका बुवा सहकारी सञ्चालक सदस्य कृष्णबहादुर एक लाख धरौटी बुझाएर रिहा भएका छन् । ३७ लाख धरौटी बुझाउन नसक्दा गोर्खा मिडियाका अध्यक्ष जिबी राईका साझेदार एवं सहयोगी लीला पछाई भने हिरासतमै छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)