एउटै सिजनमा लाप्राकका १७ जनाले चढे सगरमाथा
nepalnews.com · Wed Jun 03 05:46:36 GMT 2026

गोरखा । आरोहीको गाउँ भनेर चिनिने लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका–४ लाप्राकका १३ जनाले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पुरबहादुर गुरुङ (युक्त) ले जानकारी दिए।
लाप्राकका पुरबहादुर गुरुङ (युक्त)ले यो वर्ष १०औंपटक सगरमाथाको सफल आरोहण गरेका छन्। त्यस्तै सुमन गुरुङले यो वर्षसहित ८ पटक आरोहण गरेका छन्। इमान गुरुङले यो वर्षसहित ७ पटक, रामबहादुर गुरुङले यो वर्षसहित ४ पटक, सन्दीप गुरुङले ३ पटक, सुजल गुरुङले ३ पटक र बिसबहादुर गुरुङले ३ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)