मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जाङ्मीको प्रभाव: टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

nepalbahas.com · Wed Jun 03 05:43:55 GMT 2026

जाङ्मीको प्रभाव: टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

२० जेठ, टोकियो(रासस/एपी)। उष्णकटिबन्धीय आँधी जाङ्मीका कारण परेको लगातार भारी वर्षाले जापानको टोकियो क्षेत्रसहित पूर्वी र मध्य भागमा बाढीको जोखिम उल्लेखनीय रूपमा बढाएको छ । जनघनत्व अत्यधिक रहेको राजधानी क्षेत्रमा आँधी प्रवेश गरेसँगै सडक यातायात अवरुद्ध भएको छ, सयौँ उडान रद्द भएका छन्, रेल सेवा प्रभावित बनेका छन् र हजारौँ घर अन्धकारमा परेका छन् ।

बुधबार उत्तरपूर्व तर्फ सर्दै गरेको जाङ्मीले भारी वर्षासहित तीव्र हावा ल्याएपछि दैनिक जनजीवन अस्तव्यस्त बनेको हो । राजधानी क्षेत्रलाई सेवा दिने टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङका अनुसार पाँच हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

टोकियोको मुख्य सहरी क्षेत्रमा पर्ने जेनपुकुजी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न र आवश्यक परे आश्रय लिन आग्रह गरिएको छ । स्थानीय टेलिभिजनहरूले नदी किनार नजिकै माटो मिश्रित पानी सतहभन्दा माथि उठ्दै जोखिमपूर्ण अवस्थामा पुगेको दृश्य प्रसारण गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार उष्णकटिबन्धीय आँधी जाङ्मी बुधबार बिहान शिमा सहरको पूर्वी क्षेत्रमा अवस्थित थियो र उत्तरपूर्वतर्फ अघि बढिरहेको थियो । आँधीसँग अधिकतम ९० किलोमिटर प्रतिघण्टा गतिको निरन्तर हावा कायम रहेको बताइएको छ ।

एजेन्सीले पूर्वी र मध्य जापानका विभिन्न क्षेत्रमा उच्चस्तरीय बाढी चेतावनी जारी गर्दै नदी किनार र पहिरो तथा डुबानको जोखिम भएका स्थानमा बसोबास गर्ने मानिसलाई सुरक्षाका लागि उच्च भूभागतर्फ जान आग्रह गरेको छ ।

मध्य जापानको ओवासे क्षेत्रमा पछिल्लो २४ घण्टामा करिब ५० सेन्टिमिटर वर्षा मापन गरिएको छ । मौसम निकायका अनुसार टोकियोसहित केही क्षेत्रमा बिहीबार बिहानसम्म थप २० सेन्टिमिटरसम्म वर्षा हुनसक्ने अनुमान गरिएको छ, जसले बाढी र भूक्षयको जोखिम अझ बढाउन सक्छ ।

जाङ्मीले यसअघि दक्षिणी टापु ओकिनावामा प्रभाव पारेको थियो, जहाँ कम्तीमा १५ जना सामान्य घाइते भएका थिए । त्यसपछि आँधी वाकायामा प्रान्ततर्फ बढ्ने क्रममा केही कमजोर बनेको जनाइएको छ । एक समय टाइफुनको स्तरमा पुगेको यस आँधीमा १२६ किलोमिटर प्रतिघण्टासम्मको हावा मापन गरिएको थियो । भित्री भूभागतर्फ प्रवेश गरेपछि यसको शक्ति केही घटे पनि दिनभर उष्णकटिबन्धीय आँधीको स्तर कायम रहने पूर्वानुमान गरिएको छ ।

मौसमविद्हरूले भारी वर्षा, नदीको सतह बढ्दो अवस्था र निरन्तर अस्थिर मौसमका कारण प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र स्थानीय प्रशासनका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

जाङ्मीआँधी

टोकियो

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

युक्रेनमा भीषण आक्रमण: कम्तीमा २२ जनाको मृत्यु १३८ जना घाइते

जेठ २०, २०८३ बुधबार

इरानका पूर्वसर्वोच्च नेता खामेनीको तीन महिनापछि औपचारिक अन्त्येष्टिको तयारी

जेठ २०, २०८३ बुधबार

अस्ट्रेलियामा लाखौँ कामदारको तलब वृद्धि हुने

जेठ १९, २०८३ मंगलबार

नेपालबहस ट्रेन्डिङ

थाइल्याण्डबाट काठमाडौं ल्याइएकी टिकटकर तुलसा अधिकारीविरुद्ध ६ करोड बढी ठगीको आरोप

नेपालबहस संवाददाता

जेठ १७, २०८३ आइतबार

चीनले मरूभुमीमा बनायो बिशाल सैन्य अखडा, पश्चिमा देश सशंकित

नेपालबहस संवाददाता

जेठ १८, २०८३ सोमबार

कानपुरको मन्दिरले गर्छ मौसमको भविष्यवाणी, वैज्ञानिक पनि छन् चकित

नेपालबहस संवाददाता

जेठ १८, २०८३ सोमबार

सीमासम्बन्धी भनाइले प्रधानमन्त्री विवादमा तानिएका बेला रविको भाजपाका उच्च नेतासँग भेटघाट

नेपालबहस संवाददाता

जेठ १९, २०८३ मंगलबार

Tweets by nepalbahas

लोकप्रिय

४ अर्ब रुपैयाँ अपचलन आरोपमा गोल्छा, भट्ट र अग्रवालसहित ४० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

जेठ १९, २०८३ मंगलबार

क्रिप्टोकरेन्सी र डिजिटल ठगी आरोपमा भरतपुरस्थित एक अस्पतालमा कार्यरत चिकित्सक पक्राउ

जेठ १९, २०८३ मंगलबार

नोट्रे डेममुनि १७ सय वर्षको इतिहास

जेठ १९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

जाङ्मीको प्रभाव: टोकियो क्षेत्रमा बाढी जोखिम, उडान र रेल सेवा प्रभावित

जेठ २०, २०८३ बुधबार

कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

जेठ २०, २०८३ बुधबार

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

जेठ २०, २०८३ बुधबार

केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ आयोजना

जेठ २०, २०८३ बुधबार

सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

जेठ २०, २०८३ बुधबार

युक्रेनमा भीषण आक्रमण: कम्तीमा २२ जनाको मृत्यु १३८ जना घाइते

जेठ २०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय