ट्यांकरको ठक्करबाट महिलाको मृत्यु
lokaantar.com

काठमाडौंबाट जडिबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको टयाङ्करले ठक्कर दिँदा मोटसाइकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)