पुस्तकालयको गौरव फर्काउन प्रयास
gorkhapatraonline.com · Thu Aug 27 05:41:49 GMT 2026

एक समय महोत्तरीको सबभन्दा चर्चित पुस्तकालयका रूपमा चिनिने शङ्कर आदर्श पुस्तकालयको गौरव फर्काउन मटिहानीस्थित गुरुकुल सक्रिय भएको छ । महोत्तरीको पुरानो मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पाँच दशकअघि सुरु भएको उक्त पुस्तकालय महोत्तरीकै गौरवको रूपमा चिनिने गरेको थियो ।
राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले पाँच दशकको गौरव फर्काउन आफू अहिले भिक्षाटनमा लागेको बताउनुभयो । उहाँले १० हजारभन्दा बढी पुस्तक भिक्षाटन गरेर सङ्कलन गरी प्रदेशकै उत्कृष्ट पुस्तकालय निर्माण गर्ने अभियानमा जुटेको बताउनुभयो । उहाँले अहिलेसम्म विद्यालयमा अध्ययनरत वटुक तथा शुभेच्छुकले तीन हजार पुस्तक दान गरिसकेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)