मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाली खेलकुदमा महिला फुटबल : शुक्रबार भियतनामसँग भिड्दै नेपाल

nepallive.com · Fri Sep 22 01:17:00 GMT 2023

काठमाडौं- १९औं एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोली शुक्रबार भियतनामसँग भिड्दैछ। नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल चीनको हान्झाउमा भियतनामसँग खेल्न लागेको हो।

यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल, जापान र भियतनाम समूह ‘डी’ मा रहेका छन्। जापान विश्वकप जितिसकेको टोली हो। रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)