नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
annapurnapost.com · Wed Jun 03 05:44:53 GMT 2026
काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दैछ । नेपालले समूह ‘ए’ को विजेताको रुपमा समूह ‘बी’ को उपविजेता बंगलादेशसँग नेपाली समय ४ः१५ मा खेल्ने छ ।
यो खेल भारतको गोवास्थित जवारलाल नेहरु स्टेडियममा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)