ट्रेड युनियन खारेजी विवादमा सर्वोच्चमा सुनुवाइ सकियो, आदेश आउँदै
baahrakhari.com · Wed Jun 03 05:56:14 GMT 2026

काठमाडौं । निजामती कर्मचारीहरूका पेसागत संगठन तथा ट्रेड युनियनहरू खारेज गर्ने सरकारको घोषणाविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
सरकारको निर्णय बदर गर्न मागसहित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल समेतले रिट दायर गरेका थिए । रिटमाथि बुधबार (जेठ २०) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । इजलासमा रिट निवेदकका तर्फबाट प्रारम्भिक सुनुवाइ सकिएर आदेश आउनेक्रममा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ