कैलालीमा बलात्कार आरोपमा युवक पक्राउ
baahrakhari.com · Sat Jul 18 11:11:00 GMT 2026

काठमाडौं । कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–७, हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा छन् ।
३२ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (साउन २) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)