क्षितिज भण्डारीलाई वडा अध्यक्ष कप बुद्धिचालको उपाधि
neplays.com · Sat Jun 06 12:50:38 GMT 2026

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जितेका छन् । प्रतियोगिताका उच्च वरियता २२०० रेटेड खेलाडी भण्डारीले ९ चरणको खेलमा ८ जीत र एक बराबरि नतिजा प्राप्त गर्दै ८.५ अंकका साथ अपराजित विजेता बनेका छन् ।
उपाधि विजेता एफएम क्षितिज भण्डारिलाई प्रमुख अतिथि बागमती प्रदेशका सांसद मा. दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसिले नगद पुरस्कार रु. ३५ हजार, ट्रफी, स्वर्ण पदक प्रदान गरेका छन् ।प्रतियोगितामा तिन जना खेलाडीले समान ७.५ अंक बनाउदा सिएम शुश्रुत दाहाले टाईब्रेक प्वाईण्टका आधारमा द्वितीय स्थान प्राप्त गर्न सफल बनेका छन् । २११९ रेटेड युवा खेलाडी शुश्रुतले नगद रु. ३० हजार, ट्रफी, रजत पदक हात पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
बागमती प्रदेश
काठमाडौँ