पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड
barnanmedia.com · Wed Jun 03 06:01:28 GMT 2026

काठमाडौं । बिहारको पटनामा चर्चित शिक्षक तथा युट्युबर ‘खान सर’को कोचिङ सेन्टरमा अज्ञात व्यक्तिहरूले मंगलबार राति गोलीप्रहार गरेका छन् । कोचिङ सेन्टरमा तोडफोड समेत गरिएको इन्डिया टुडेले जनाएको छ ।
आक्रमणकारीहरूले कोचिङ सेन्टरलाई बमले उडाइदिने धम्की समेत दिएका छन् । विद्यार्थी र स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ । यो घटना पटनाको प्रमुख शैक्षिक केन्द्र मुसल्लहपुरमा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ