श्रमिकको न्यूनतम पारिश्रमिक दैनिक पाँच सय ७७ र मासिक १५ हजार बनाईने
reportersnepal.com · Sat May 01 00:38:11 GMT 2021
काठमाडौं, वैशाख १८। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवद्र्धन गरिरहेको बताएका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीप्रति शुभकामना सन्देश दिदै उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, “औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ । यसरी हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ ।”सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरेको उनले बताएका छन्। श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको पनि उनले स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)