मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छाडा पशुचौपायाका बहुआयामिक असर

nagariknews.nagariknetwork.com · Wed Jun 03 05:47:04 GMT 2026

एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे। बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे। खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्त्वपूर्ण भूमिका थियो। गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो।

तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो। आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए। दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगीभन्दा बढी आर्थिक भार बन्न थाले। पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले। यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडा चौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ। राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन्। बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वन क्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ। सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)