कमला पुल डेढ दशकदेखि अलपत्र, बजेट नपरेको भन्दै स्थानीय आक्रोशित
onlinekhabar.com · Wed Jun 03 06:07:01 GMT 2026

२० जेठ, सिरहा । पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदी माथिको बहुप्रतीक्षित पुल निर्माण वर्षौंदेखि अधुरै रहँदा सिरहा र धनुषावासीमा सरकारप्रतिको असन्तोष तीव्र बनेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा पनि स्पष्ट रूपमा रकम विनियोजन नभएपछि स्थानीय तहमा निराशा र आक्रोश बढेको हो ।
स्थानीयवासीका अनुसार करिब डेढ दशकअघि सुरु गरिएको पुल निर्माण कार्य विभिन्न कारणले रोकिँदै आएको छ । पछिल्ला वर्षमा बाढीले संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माण झन् सुस्त छ । अहिले सीमित मर्मत र अस्थायी व्यवस्थामार्फत मात्र आवतजावत सञ्चालन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
संघीय निजामती विधेयक