मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इराओला लिभरपुलको मुख्य प्रशिक्षक बन्दै

onlinekhabar.com · Wed Jun 03 06:09:12 GMT 2026

२० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक नियुक्तिका लागि एन्डोनी इराओलासँग मौखिक सहमति गरेको छ । यससँगै उनी बर्खास्तीमा परेका आर्ने स्लटको स्थानमा लिभरपुलको नयाँ प्रशिक्षक बन्ने नजिक पुगेका छन् ।

गत सिजनको अन्त्यमा प्रिमियर लिगकै क्लब एएफसी बर्नमाउथ छाडेका ४३ वर्षीय स्पेनी प्रशिक्षक इराओला एनफिल्डको जिम्मेवारी सम्हाल्ने प्रमुख दाबेदार थिए । द एथलेटिक का अनुसार उनले दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय