‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने
ajakoartha.com · Wed Jun 03 06:14:00 GMT 2026

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्र्तकृया कार्यक्रम आज जेष्ठ २० गते ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेस मा आयोजना हुने भएको छ । भेलामा ईप्पानको संस्थागत सुदृढीकरण, २१ औं बार्षिक साधारणसभबाट नेर्ततव चयन सँग बनेको विधान संसोधन तथा पुर्नखेन समितिले २३ औं बार्षिक साधारणसभामा पेश गररेरे पारित भएको विधान संसोधनको प्रसतव र नेतृत्व चयन एवं संसथकोे सुधार तथा ऊर्जा क्षेत्रको विकासका विषयमा गहन छलफलहुने छ ।
इप्पानको २४ औं वार्षिक साधारणसभाको अजेण्डामा रहेको विधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सोका सम्वन्धमा उर्जा उद्ययमीहरुसँग राय सुझाव लिएर आगामिन निर्वाचनको रणनिति तय गर्ने मुखय उदेशयका साथ अगाडि बनाइएको भेलामा जलविद्युत् क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा सरोकारवालाहरूलाई सहभागी गराइने आयोजकले जनाएको छ । संस्थाभित्र देखिएका विभिन्न समस्या, व्यवस्थापकीय चुनौती तथा सुधारका आवश्यकताबारे छलफल गद सस्थाको संस्थागत सुदृढीकरण, नेतृत्व प्रणालीमा सुधार तथा ऊर्जा क्षेत्रको विकासका विषयमा छलफल गन विधान संशोधनमार्फत संस्थालाई थप प्रभावकारी, पारदर्शी र एकताबद्ध बनाउने उद्देश्य राखिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)