सरकारी अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्न आविस्कार केन्द्रसँग सहकार्यको तयारी
baahrakhari.com · Wed Jun 03 06:15:37 GMT 2026

काठमाडौं । सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि सांसद् महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्यको तयारी भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री र महावीर पुनबीच यसबारेमा छलफल भएको छ । छलफलमा सरकारी अस्पतालहरूमा रहेका बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्र मार्फत मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउने विषयमा समन्वय र सहकार्य गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।
#राष्ट्रिय आविश्कार केन्द्र
#सरकारी अस्पताल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
राष्ट्रिय आविष्कार केन्द्र
काठमाडौँ