बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती
khabarhub.com · Sat Sep 19 01:06:33 GMT 2026

भोजपुर – जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका रूपमा घरतरुल खेतीलाई रोज्न थालेका छ। जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित हुनुका साथै थोरै मिहिनेतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका किसानको आकर्षण घरतरुलतर्फ बढेको हो ।
मकै, कोदो, आलु जस्ता परम्परागत बाली बाँदरले सखाप पारेर हैरान बनाएपछि कतिपय किसानले जमिन नै बाँझो छाड्ने गरेका थिए । तर अहिले किसानहरुले त्यस्ता जमिनमासमेत घरतरुल खेती गर्दै आएका छन् । भोजपुर नगरपालिका–५ का किसान बेनीबहादुर विष्टका अनुसार बाँदरको अत्यधिक समस्या भएका ठाउँमा घरतरुल भरपर्दो आम्दानीको स्रोत बनेको छ। ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)