लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा
shilapatra.com · Wed Jun 03 06:23:00 GMT 2026

लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)का ४ जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेससँगको सत्ता साझेदारी तथा आगामी सरकार नेतृत्व परिवर्तनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको हो । यसअघि जेठको पहिलो सातामै मन्त्री परिवर्तनको तयारी भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित समग्र मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)