मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मालती मंगले’को प्रदर्शनका लागि रामकृष्ण ढकाल अमेरिका प्रस्थान, क्यानडा र अस्ट्रेलियामा पनि जाने

arthasarokar.com · Wed Jun 03 06:31:53 GMT 2026

काठमाडौं । नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् । चलचित्रको अन्तराष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन् । पहिलो चरणअन्तर्गत उनले अमेरिका, क्यानडा र अस्ट्रेलियाको भ्रमण गर्नेछन् भने त्यसपछि युरोपलगायत अन्य मुलुकहरूमा पनि जाने योजना रहेको ढकालले बताएका छन्। विश्वव्यापी प्रदर्शनका क्रममा चलचित्रको विशेष प्रदर्शनीसँगै दर्शकहरूसँग ‘मिट एन्ड ग्रिट’ र गायक ढकालको साङ्गीतिक कार्यक्रमसमेत सँगसँगै आयोजना हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)

सम्बन्धित विषय