मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

khabarhub.com · Sat Sep 19 01:14:25 GMT 2026

वीरगञ्ज – नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)