टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै
nepalnews.com · Wed Jun 03 06:37:27 GMT 2026

टोकियो। पश्चिमी जापानको वाकायामा प्रान्तको दक्षिणी भागमा बुधबार टाइफुन जाङ्मीले अवतरण गरेको जनाउँदै जापनपीज मौसम विभागले देश भर अस्थायी रूपमा विभिन्न पाँच स्तरका बाढीका चेतावनी जारी गर्न निर्देशन दिएको छ।
जापानी मौसम विज्ञान विभाग (जेएमए) ले वाकायामा प्रान्त हुँदै बग्ने कोजा नदीको बाढीका लागि उच्च स्तरको आपतकालीन चेतावनी जारी गरेको छ।
यसैबीच अधिकारीहरूले स्थानीय बासिन्दालाई बढ्दो नदीको सतह र सम्भावित बाढी जन्य खतराका लागि सतर्क रहन आग्रह गरेका छन्।
जेएमएले जापानका पश्चिमी र पूर्वी प्रशान्तका क्षेत्रमा अत्यधिक भारी वर्षाको पूर्वानुमान गरेको छ भने वर्षा सँग सम्बन्धित विभिन्न प्रकोपको जोखिम बारे जनतालाई सतर्क रहन चेतावनी दिएको छ।
आगामी २४ घण्टामा कान्टो-कोशिन र टोकाई क्षेत्रहरूमा २०० मिलिमिटर र तोहोकुमा १२० मिलिमिटर सम्म वर्षा हुने पूर्वानुमान गरिएको छ।
हाल टोकियोका विभिन्न नदीहरूका लागि बाढीको चेतावनी जारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)