मौलिक हकका लागि उन्नाइस ऐन जारी
gorkhapatraonline.com · Sat Sep 19 01:15:54 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संविधानले व्यवस्था गरेबमोजिमको मौलिक हक कार्यान्वयनका लागि हालसम्म १९ वटा ऐन र १२ वटा नियमावली जारी भएको बताउनुभएको छ । उहाँले मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुनसमेत चालु आर्थिक वर्षभित्र ल्याउने गरी तयारी गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय सभामा शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गौतमले मौलिक हक कार्यान्वयनका लागि पाँच वटा कानुन बन्न बाँकी रहेको र तीमध्ये एउटा कानुन प्रतिनिधि सभामा दर्ता गर्ने तयारी भएको सदनलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सरकारले यस वर्षलाई कानुन सुधार तथा निर्माणको वर्षको रूपमा घोषणा गरेकाले संविधान अनुसार बन्न बाँकी कानुन यसै वर्षभित्र ल्याउने गरी अन्य मन्त्रालयले पनि तदारुकतासाथ काम गरिरहेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)