साताको सेयर : करिब साढे ३ प्रतिशतले बढ्यो नेप्से, औषत कारोबार कति ?
arthasansar.com · Sat Sep 19 01:21:56 GMT 2026

यो साता नेप्से परिसूचक बढेर बन्द भएको छ । यो साताभरको अवधिमा नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साता २५५९.४९ विन्दुमा बन्द भएको थियो भने या साता ३.४३ प्रतिशत अर्थात ८७.७३ अंक बढेर २६४७.२२ विन्दुमा बन्द भएको छ ।
यो साता पुरै पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चार कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । यो साता फ्लोट इण्डेक्स ३.७८ प्रतिशत बढेको छ भने सेन्सेटिभ इण्डेक्स ३.८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४९.४१ प्रतिशत बढी हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ५२.७० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २३ प्रतिशत घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)