बझाङको बित्थडचिर गाउँपालिका-२ मा एमालेका वडाध्यक्ष बोहरा विजय
onlinekhabar.com · Sat May 14 18:16:28 GMT 2022
३१ वैशाख, बझाङ । बझाङ बित्थडचिर गाउँपालिका- २ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एकीकृत समाजवादी- माओवादी गठबन्धनका उम्मेदवार तारा बोहरालाई ५० मतले पराजित गर्दै एमालेका मानबहादुर बोहरा निर्वाचित भएका हुन् ।
मानबहादुरले ३१० मत प्राप्त गर्दा एकीकृत समाजवादीका तारा बोहराले २६० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार गणेश बोहराले २५१ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)