प्रतिनिधि सभा निर्वाचनपछि कम्युनिस्ट आन्दोलनले ठुलो चुनौती भोगेको पौडेलको भनाइ
nepallive.com · Wed Jun 03 06:43:18 GMT 2026

काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो प्रतिनिधि सभा निर्वाचनको परिणामले नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर प्रभाव पारेको बताएका छन्।
सदस्यता नवीकरणसम्बन्धी कार्यशालामा बोल्दै उनले हालको अवस्था कम्युनिस्ट आन्दोलनका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै आन्दोलनको भविष्यप्रति विभिन्न कोणबाट शंका र टिप्पणीहरू भइरहेका बताए। उनका अनुसार निर्वाचन परिणामपछि कतिपयले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको वा पुनः सशक्त रूपमा अघि बढ्न नसक्ने आकलनसमेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
प्रतिनिधि सभा