एमालेमाथिको हमलाले नपुगेर प्रधानमन्त्री हामीले अरूको भूगोल कब्जा गरेका छौँ भन्दैछन् : विशाल भट्टराई
nepalpress.com · Wed Jun 03 06:46:43 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता विशाल भट्टराईले पार्टीप्रति हमला जारी रहेको बताएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै अनैतिक रूपमा पार्टीमाथि हमला भइरहेको बताए ।
उनले भने, ‘निर्वाचन परिणाम प्रतिकुल आयो। त्यसपछि हाम्रा पार्टीका विरुद्ध हमला जारी नै छ । सरकार गठन भएको केही घण्टा नबित्दै हाम्रा पार्टीका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने काम गर्यो । कार्की आयोगलाई हामीले सुरुवात देखि नै अवैधानिक भन्दै छौँ, त्यो कार्की आयोगले पनि १ लाख ४१ हजार व्यक्तिहरूको टेलिफोन निगरानी गरेको भनेको छ। त्यो निगरानीमा पार्टी अध्यक्षको कहीँ कतै पनि गल्ती नदेखिँदा नदेखिँदै पनि, प्रमाण नभेटिँदा नभेटिँदै पनि उहाँलाई पक्राउ गर्यो र अन्ततः त्यो पक्राउ गलत थियो भन्ने कुरा अदालतले साबित गर्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)