सुपथ मूल्य पसल सञ्चालन
gorkhapatraonline.com · Sat Sep 19 01:25:22 GMT 2026

साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित देशभर ४५ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन सुरु गरेको छ । कर्पोरेसनले असोज १ देखि उपत्यकामा १५ स्थान र तीन मोबाइल भ्यानसहित गरी १८ सहुलियत मूल्य पसल सुरु गरेको जनाएको छ।
कर्पोरेसनले चिनीमा प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँ छुट दिने जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, गौशाला, भक्तपुर, कोटेश्वर, जाउलाखेल, स्वयम्भूलगायतका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)