‘जेनजी’ प्रदर्शनको दमनबारे ‘एम्नेस्टी’को प्रतिवेदन सार्वजनिक
baahrakhari.com · Mon Dec 08 17:55:01 GMT 2025

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन नियन्त्रणका क्रममा भएका मानवअधिकार उल्लंघनबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले शान्तिपूर्ण भेला गरिरहेका युवामाथि गरिएको बल प्रयोग मानव जीवनप्रति निष्ठुर बेवास्ता रहेको टिप्पणी गरे । उनले जिम्मेवार सबैलाई पद वा हैसियतको प्रवाह नगरी निष्पक्ष प्रक्रियाबाट कारबाहीमा ल्याउनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)